३ कार्तिक २०८३, मंगलबार

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच समझदारीमा हस्ताक्षर हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष प्रचण्ड र सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओको उपस्थितिमा हुन लागेको सम्झौतापत्रमा उच्च स्तरीय भ्रमण आदान–प्रदान तथा दुई पार्टीबीचको सहयोग सम्बन्धमा हस्ताक्षर हुने नेकपा नेताहरुले बताएका छन् ।

समझदारीपत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले पनि हस्ताक्षर गर्नेछन् ।

यसअघि एमाले र माओवादीबीच छुट्टाछुट्टै रुपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहँदै आएको थियो। दुई पार्टीबीच एकता भएर नेकपा बनिसकेको सन्दर्भमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्ध बन्ने  नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

समझदारीपत्रमा हस्ताक्षरपछि दुई पार्टीबीच भाइचारा सम्बन्ध कायम गराउनुका साथै दुई पक्षीय भ्रमण, विचार, अध्ययनहरुको आदानप्रदानमा सहयोगी हुने रिजालले स्पष्ट पारे ।

नेकपा र सीपीसीका नेताहरुबीच सोमबारदेखि काठमाडौंमा दुईदिने विचार आदान–प्रदान कार्यक्रम भइरहेको छ । सोमबारको उद्घाटन समारोहमा नेकपाका तर्फबाट ईश्वर पोखरेलले उद्घाटन मन्तव्य राखेका थिए । त्यस्तै, नेकपा अध्यक्षद्वय ओली र प्रचण्डका साथै सीपीसी विदेश विभाग प्रमुख सोङ ताओले आफ्नो विचार राखेका थिए ।