३ कार्तिक २०८३, मंगलबार

कतार एयरवेज र चाइना साउदर्न् एयरलाइनबीच कोडशेयर सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दोहा, ६ असोज । कतार एयरवेजले चाइना साउदर्न् एयरलाइनसँग जनवरी २०२० देखि सुरु हुने गरी कोडशेयर सम्झौता गरेको छ ।

यी दुई एयरलाइनबीचको सहकारितालाई अझ मजबुत बनाउन चालिएको यो पहिलो कदम हो । कतार एयरवेजले गत डिसेम्बर २०१८ मा चाइना साउदर्न् एयरलाइनको ५ प्रतिशत शेयर खरिद गरेको थियो ।

यस सम्झौता पश्चात् अब चाइना साउदर्न् एयरलाइनका यात्रुहरुले ग्वाङ्जाओदेखि दोहा र दोहादेखि बेइजिङसम्मको कतार एयरवेजको उडानको बुकिङ गर्न सक्नेछन् ।

कतार एयरवेजले २००३ मा पहिलो पटक दोहादेखि शङ्घाईसम्मको उडानको सुरुवातबाट चाइनाको उडान सेवा गरेको थियो । हाल कतार एयरवेजले शङ्घाई, बेइजिङ, ग्वाङ्जाओ, हाङ्जाओ, चोङ्किङ, चेङ्डु र हङकङ गरी ४५ साप्ताहिक उडान सञ्चालन गर्दछ ।