१ कार्तिक २०८३, आइतबार

ट्रम्पले मोदीको प्रचार गरेकाे खुलासा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ६ असाेज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनाव प्रचार गरेको आरोप भारतीय कांग्रेसका नेताले आरोप लगाएका छन् ।

आइतबार टेक्सासको ह्युस्टनमा भएको हाउडी मोदी कायक्रमलाई लिएर कांग्रेस नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीको आलोचना गरेका हुन् । पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका शर्माले हाउडी मोदी कायक्रम ट्रम्पका लागि गरिएको चुनावी प्रचार अभियान रहेको आरोप लगाए ।

हाउडी मोदी कार्यक्रममा भएको गतिविधिले भारतको विदेश नीतिको उल्लंघन भएको उनले आरोप लगाएका छन् । हाउडी मोदी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री मोदी एकसाथ मञ्चमा प्रस्तुत भएका थिए ।

उनीहरुले ठूलो र्‍यालीलाई सम्बोधन गरे । एकअर्काको प्रशंसा गरे । अमेरिकामा बस्दै आएका भारतीय समुदायले गरेको कार्यक्रममा मोदी गएका हुन् भने मोदीको सम्मानमा ट्रम्प पनि उपस्थित भएका हुन् ।

अमेरिकामा आउँदो वर्ष राष्ट्रपति चुनाव हुँदैछ । हाल सो चुनावको प्रचार अभियान चलिरहेको छ ।