गान्तोक । राष्ट्रिय युवा स्वयं सेवकको अधिष्ठापन प्रशिक्षण कार्यक्रममा सहभागि सिक्किमका स्वयं सेवकहरूले आज राज्यपाल गङ्गा प्रसादलाई भेटेका छन् ।
नयाँ राजभवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गङ्गा प्रसादले भने, युवाहरूमा आफूसँगै सबैलाई अधि बडाउने भावना हुनुपर्छ ।
भारत युवाहरूको देश हो, युवा शक्तिले भारतलाई विश्वको मान चित्रमा फेरि गुरुको रूपमा स्थापित गर्न सक्नेछन्। देशलाई यहाँका युवा, मजदूर-किशान र वैज्ञानिक माथि पूर्ण विश्वास छ जसको कारण भारत विश्वको नमुनाको देश बन्नसक्नेछ।
भारतलाई बनाउनको निम्ति देशका धेरै युवाहरूले कुर्वानी दिएका छन्, उनीहरूको योगदानको युवाहरूले नै कदर गर्नुपर्नेछ। भारत कुनै समयमा विश्वको गुरु थियो।
जो यहाँ ज्ञान सिक्न आए उनीहरूकै कारण देश कुनै समयमा अर्काको गुलाम बनेको थियो। पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको पनि भारतलाई पुनः विश्वगुरुकोरूपमा स्थापित गर्ने सोंच थयो भन्दै राज्यपाल गङ्गा प्रसादले देशका युवाहरूले नै भारत निर्माणको कार्य सफल बनाउने बताए ।
राज्यपाल गङ्गाप्रसादले सिक्किमे युवाहरूले जल संरक्षण विषयमा काम गर्नुपर्ने बताए। उनले जल संरक्षणमा देशले काम गरे देशको तीन गुणा उब्जाउ बड्ने छ भने।
उनले राज्य र केन्द्र सरकार, स्वयं सहायता समूह, पञ्चायत अनि युवा क्लबहरूले देशमा जल सञ्चयमाथि काम गर्नुपर्नेछ पनि भने।
राज्यपालले विश्व पर्यावरण माथि चिन्तित रहेको छ भन्दै पर्यावरण संरक्षणको निम्ति युवाहरूले अब प्लाष्टिकको प्रयोगको विरोध गर्नुपर्छ भने। उनले पहिलेको जस्तै लुगाको झोलाहरूको प्रयोग गर्नुपर्ने सुझाउ दिँदै प्लाष्टिकका सामाग्रीहरूको प्रयोग विरुद्ध राज्यका जनतालाई जागरुकता गराउनुपर्ने अवगत गराए।
यस अघि राज्यपालले देशको इतिहासमा युवाहरूको जागरुकता र परिश्रमको कारण विविध कुरामा परिवर्तन भएका छन्। युवा शक्ति नै भारतको शक्ति हो, युवाले अनुशासित भएर एकताको शक्तिको प्रयोग गर्नुपर्छ र भारतलाई नमूनाको देश बनाउनुपर्छ पनि भने।
राज्यपालले युवाहरूले नशालु पदार्थ सेवनको विरुद्ध काम गर्नुपर्ने र युवाहरूलाई यसबाट टाडो राख्नुपर्ने छ भन्दै मेक इन इण्डिया र मेड इन इण्डियाको निम्ति युवाहरू तयार हुनुपर्छ भने।
उनले सिक्किम पूर्ण जैविक राज्य हो, सिक्किममा भएको पर्यटनको विकास र यहाँको स्वच्छ वातावरणमाथि राज्यका युवाहरूले काम गर्नुपर्नेछ अनि राज्यपाल गङ्गा प्रसादले सिक्किमका युवाहरूले नै सिक्किमलाई आदर्श राज्य बनाउनुपर्छ पनि भने।
कार्यक्रममा नेहरू युवा केन्द्र संगठनकी बोर्ड अफ गवर्नेन्सकी सदस्य माधवी अग्रवाल, राज्य निर्देशक शिवासिस बेनर्जी, पूर्व र उत्तर जिल्ला जिल्ला युवा समन्वयक आतिस गाङ्गुली, दक्षिण जिल्ला समन्वयक सङ्गिता दाहाल अनि पश्चिम जिल्ला जिल्लायुवा समन्वयक देव नेपालको उपस्थित रहेको थियो।















प्रतिक्रिया