३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा सयौंलाई रोजगार दिने दीपेशको कथा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास । अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनमा यस पटक सफल युवा ब्यवसायी दीपेश श्रेष्ठले आफ्नो कथा सुनाएका छन् ।

टेक्सासको डल्लासमा रहेका नेपाली युवा ब्यवासयी दीपेशले दश बर्षमा राम्रो ब्यवसायिक सफलता हात पार्न सहज यात्रा नभएको सुनाएका छन् ।

हाल सयौंलाई रोजगार दिन सफल भएका दीपेशले आफूले आफ्नो बिहेको दिनमा पनि काममा गएको अनुभव सुनाएका छन् ।

दीपेशले भनेका छन् त्यतिबेला संघर्षको सयम थियो त्यसैले मैले बिहे भनेर बिदा पनि लिईन । सय भन्दा धेरै ग्यांस स्टेशनका मालिक दीपेशले हाल आईटि, रियल स्टेट लगायतका धेरै ब्यवसायमा हात हालेको भए पनि आफूले यति नै संख्यामा ब्यवासाय छन् भनेर भन्न खोज्दैनन् ।

अमेरिकादेखि नेपालसम्म ब्यवसायिक सफलता हात पारेका दीपेशले अधिकासं ब्यवसाय साझेदारिमा गरेका छन् ।

नेपालीहरू साझेदारी गर्न सक्दैनन् भन्ने आरोप गलत सावित गरेका दीपेश नयां सोंच र युवा बिचार हुनेहरूलाई सदैव ब्यवासया गर्न हौसला प्रदान गर्दछन् ।