३० आश्विन २०८३, शुक्रबार

अफ्रिकाबाट हिक्मत थापा एनआरएनए उपाध्यक्षको उम्मेदवार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफ्रिका । गैरआवसीय नेपाली संघको आसन्न अन्तर्राष्ट्रिय समितिको निर्बाचनमा बर्तमान कोषाध्यक्ष हिक्मत थापाले अन्तरास्ट्रिय कार्यसमितिको उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् ।

सन २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरि सस्थापक अध्यक्ष बनेका थापा , सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष , सन २०११- २०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५-२०१९ दुई कार्यकाल अन्तरार्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दैछन् ।

नेपालीहरू भर्खरै पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको सक्रियता रहेको थियो ।

नेपालको कुटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौं नेपालीको घरफिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भूमिका खेल्दै गरेका छन् ।

अफ्रिकामा कम संख्यामा एनआरएन सदस्यहरु रहे पनि भुकम्प र अन्य दैबी प्रकोपमा उल्लेख रुपमा अफ्रिकाका एनसीसीहरूबाट नेपालमा एनआरएनए मार्फत उल्लेख सहयोग थापाको नेतृत्वमा जुटने गरेको छ ।

त्यस्तै विभिन्न जिल्लाहरुमा एनआरएनएको नेपाल परियोजना मार्फत अफ्रिकाका एनसीसीहरुबाट सहयोग जुटाएका छन् ।

भूकम्पपछि आफू कार्यरत सस्थाबाट भूकम्प पीडितका राहतका लागि थापाले एक मिलियन अमेरिकी डलरको नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।

बिगत दुई कार्यकाल कोषाध्यक्ष रहँदा पहिलो कार्यकाल मुलत एनआरएन भवन र भूकम्प राहतको कोष संकलन, नाकाबन्दीको राहात र बाढी, हुरी पीडित राहात संकलनको ब्यबस्थापन गरेका थापाको दोश्रो कार्यकाल मूलत लाप्राक बस्ती, भवन र शंखमुल गार्डेन निर्माणमा केन्द्रित रहेका थिए ।

एनआरएनएलाई संसारभरि रहेका सबै पेशा, ब्याबसाय र भूगोलमा रहेका प्रबाशी नेपालीहरूको साझा र अपनत्व हुने संस्था बनाउनुपर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउनु हुन्छ ।

उपाध्यक्षमा निर्बाचित भएपछि संस्थालाई आर्थिक रुपमा सुदृढ बनाउनेतर्फको आफ्नो प्रयास जारी राख्ने, बिशेषत खाडी, मलेसिया र अफ्रिकामा रहेका नेपालीहरूको भलाई र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्बाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापा बताउन्छन ।

समाजसेवा र साहित्य आफ्नो रुचीको विषय रहेको बताउने थापाको मुलघर कैलालीको टिकापुर हो भने उनी बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्छन ।