३० आश्विन २०८३, शुक्रबार

गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा पुनम गुरुङ विजयी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत । गैरआवासीय नेपाली संघ (युके) को अध्यक्षमा दुई सय मतान्तरले पुनम गुरुङ विजयी भएकी छिन् ।

मतगणना सुरुभए सँगै अर्का प्रत्यासी शेरबहादुर सुनारले अग्रता लिएका थिए । मतगणनामा भने पुनमले अग्रता लिएकी थिइन ।

पुनमले ४५५१ मत ल्याका छन् भने शेरबहादुरले ४३४८ मत प्राप्त गरेका छन् । मतगणना बिहीबारबाट सुरु भएको थियो ।

मतगणनामा अग्रता ल्याएका सुनारलाई बेजिङस्टोकको मत गणना भएपछि भने गुरुङले दुई सय मतान्तरले पराजित गरेको निर्वाचन समिति स्रोतले बताएको छ ।

मतगणनाको औपचारिक घोषणा भने आइतबार दिउँसो ३ बजेपछि आयोजना गर्ने जनाइएको छ ।

महासचिवमा पनि गुरुङकै प्यानलमा रहेका फणिन्द्र भट्टराईले विजय हासिल गरेका छन् । अधिकांश पदमा गुरुङकै प्यानलले जित हासिल गरेको छ ।

उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मतका साथ विजयी भएका हुन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित विजयी भएकी हुन् । स्कटल्याण्डबाट उपाधयक्षमा मोहन कार्कीले जितहासिल गरेका छन् ।

महासचिवमा फडिन्द्रले ३९७५ , सचिवमा जित रानाभाट ३२०९ र काशलेश्वर ढकाल ३२१३ मतका साथ विजयी भएका छन् ।

महिला सचिवमा रन्जिता मल्लले ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्ष सकुन्तला गुरुङ ३९३६ मतसहित विजयी भएकी छिन् । युवा संयोजकमा नवीन गुरुङ ४३६८ र महिला संयोजकमा प्रसुना कँडेल ३३८५ मतसहित विजयी भएकी छिन् ।

सदस्यहरूमा सरस्वत केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कँडेल ३३९९, कोपिला बनेम ३२३०, लालबहादुर गुरुङ ३०३४, कृष्णप्रसाद खरेल २८२९, डा. सुनिलकुमार शाह ३०९३, हेमबहादुर लिम्बु ३२१९, चन्द्रकला लिम्बु ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आलेमगर २६६६ मतका साथ विजयी भएका छन् ।

आइसीसी सदस्यहरुमा लिलादेवी गुरुङ, योगबहादुर फगामी, सुशिला राई, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सरोज मास्के निर्वाचित भएका छन् ।