
राँझा, ४ असोज । नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।
सुर्खेतरोडमा शिक्षण अस्पताल अगाडि मोटरसाइकलले ठक्करबाट दाङको गढवा–७ का २२ वर्षीया सीता चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भीम वलीले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको छ । –रासस












प्रतिक्रिया