
काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बाँकी रहेका विभागको जिम्मेवारीसहित प्रदेश २ मा देखिएको पार्टीको विवादका सम्बन्धमा बैठकमा छलफल चलिरहेको बताइएको छ ।
स्रोतका अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी जिङ फिनको नेपाल भ्रमणका विषयमा पनि बैठकमा छलफल चलेको छ । हालसम्म सरकारले गरेको काम र सरकारविरुद्ध भइरहेको घेराबन्दीलाई तोड्न गाउँ गाउँमा नेता कार्यकर्तालाई परिचालनका सम्बन्धमा पनि छलफल चलिरहेको छ ।















प्रतिक्रिया