१५ कार्तिक २०८३, आइतबार

५ महिनामा दाङमा ४३ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ४ असाेज । ५ महिनामा दाङ विभिन्न विपदमा परी ४३ जनाको ज्यान गएको छ । त्यस्तै झण्डै एक अर्बको भौतिक क्षति भएको छ ।

गएको वैशाखदेखि भदौ महिनासम्म विभिन्न विपदमा परेका ३२ पुरुष र ११ जना महिलाको ज्यान गएको हो । सबैभन्दा धेरै पानीमा डुबेर ज्यान गएको छ ।

पानीमा डुबेर र बगेर मात्रै पाँच महिनामा २३ जनाको ज्यान गएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

जसमा बगेर ४ पुरुष र एक महिलाको ज्यान गएकोे छ । त्यसैगरी, पोखरी तथा कुवामा डुबेर मात्रै ११ पुरुष र ५ महिलाको ज्यान गएकोे कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकारी खिलानाथ दाहालले जानकारी दिनुभएको छ ।

खहरे खोलाले बगाउँदा २ पुरुषको ज्यान गएकोे छ । आगलागीमा परि एक–एक जना महिला पुरुषको ज्यान गएकोे छ भने करेन्ट लागेर ३ जनाको ज्यान गएको छ ।

यसैबीच दाङमा सर्पले टोकेर ४ जना पुरुष र ३ महिला गरी ७ जनाको ज्यान गएको छ । चट्याङका कारण ३ पुरुष र एक महिलाको ज्यान गएको केन्द्रको तथ्यांकमा छ ।

काम गर्ने क्रममा सिमेन्ट उद्योगको प्लान्टबाट खसेर ३ जना र रुखबाट खसेर एक जनाको ज्यान गएको छ ।