१ कार्तिक २०८३, आइतबार

यौन शोषणको अभियोगमा पूर्वगृह राज्यमन्त्री न्यायीक हिरासतमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । एक युवतीलाई यौन शोषण गरेको अभियोगमा भारतका पूर्वगृह राज्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता, हिन्दु सन्त चिन्मयानन्दलाई न्यायीक हिरासतमा राखिएको छ ।

बीबीसी हिन्दीका अनुसार हालै आएका कतिपय भिडियो र युवतीको उजुरीका आधारमा उनलाई विशेष अनुसन्धान टोली (एसआईटी)ले अनुसन्धानका लागि न्यायीक हिरासतमा राखेको हो ।

उनलाई भारतको उत्तरप्रदेशको राजधानी लखनऊस्थित उनकै आश्रमबाट पक्राउ गरिएको जनाइएको छ । तत्कालिन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयी नेतृत्वको एनडिए सरकारमा उनी केन्द्रीय गृह राज्यमन्त्री थिए ।

उनको स्वास्थ्य परिक्षण, यौन शोषणको आरोप लागेको भिडियोसहितको फरेन्सिक जाँचपछि एसआईटीको टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

उनीमाथि १४ दिन अनुसन्धान हुनेछ । यो अनुसन्धानमा सरकार वा कुनै शक्तिशाली निकाय, प्रहरी कसैले पनि हस्तक्षेप गर्न नसक्ने पनि उल्लेख गरिएको छ ।