
काठमाडौँ, ३ असोज । कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको बैँकको केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान, २०७६ आयोजना गरेको थियो ।

सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ ।
संविधान दिवस २०७६ को अवसरमा बैंकद्धारा OD CARD सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटाATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
















प्रतिक्रिया