बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

संविधान, सरकारका कामयाबी र किङ्करहरूको कहाली

निर्मल भट्टराई २०७६ असोज ३ गते ८:२७

निर्मल भट्टराई

जनताले वर्तमान सरकारलाई पाँच वर्षको म्याण्डेट दिएका हुन् । सरकारले राम्रो काम गरे नगरेको मुल्याङ्कन पाँच वर्ष पछि सार्वभौम जनताले गर्नेछन् । यो सरकार कसैको निगाह बक्स भएर वा कुनै शक्ति केन्द्रको चलखेलबाट जसोतसो संसदमा अंकगणित पुर्याएर बनेको सरकार पनि होईन । संविधान बमोजिम संसदको दुईतिहाई समर्थनबाट बनेको सरकार हो ।

नेपालको संविधान २०७२ कसैको हुकुमबाट जारी भएको संविधान होईन । यो संविधान हजारौं शहिदको रगत र लाखौं जनताको पसिना मिसाएर बनेको मसीले लेखिएको हो ।

नेकपाको नेतृत्वमा बनेको वर्तमान ओली सरकार देश जनताको भलाईको लागि दीर्धकालीन र अल्पकालीन लक्ष्य निर्धारण गरेर मजबुत राज्य निर्माण गर्न तल्लीन छ ।

समाजमा आतंक सिर्जना गरेर विकासलाई बराल्ने प्रयास र देश विखण्डनको फँडा उठाउने  प्रयासलाई निस्तेज गर्न कामयाबी बनेको यो सरकार छोटो अवधिमै सन्तुलित परराष्ट्र नीतिलाई व्यवहारमा उतार्न सफल भएको देखिन्छ ।

त्यही प्रयासको फलस्वरुप दुई भीमकाय छिमेकी मित्रराष्ट्र भारत र चीन नेपाललाई सहयोग गर्न अहिले प्रतिस्पर्धा गरिरहेछन् । यही अवस्थालाई केही वर्ष मात्र कायम गर्न सकिए देशको चौतर्फी विकासको ढोका खुल्ने निश्चित छ ।

अन्तरदेशीय पेट्रोलीयम पाइपलाईन र पाईपलाईनमा रहेको चिनिँया सहयोगलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

संसदम ाहुने गरेका बेमौसमी अवरोध र सिर्जित अन्यौलका बाबजुद नयाँ संविधान कार्यान्वयनका लागि चाहिने ऐन कानूनको तर्जुमा गर्न यो सरकार सफल भएको कारण आज प्रदेश र स्थानीय सरकार पनि संघीय सरकारकै लयमा कार्य सम्पादन गर्न थालेका छन् । निर्वाचनताका व्यक्त प्रतिवद्धताको कार्यान्वयन मार्फत् जन अपेक्षाको सम्बोधन हुन थालेको छ ।

भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति लिएको सरकार आम रुपमा निष्कलङ्क भएर काम गरिरहेको छ । भ्रष्टाचार नियन्त्रणका प्रयासलाई देशव्यापी रुपमा प्रभावकारी बनाईएको छ । सरकार नातावाद, कृपावाद पार्टीवाद, गुटवादजस्ता विकृत्तिबाट मुक्त छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई समेत हाँसीमजाक गरिँदैछ । उहाँलाई ‘आरामदिन’ र पार्टीका अरु ‘योग्य’प्रधानमन्त्री छान्न संसदबाटै डाक्टरी सिफारिस गरिदैछ ।  सत्तारुढ नेकपाको एकताप्रक्रियामा ढिलाई भएको कारण पार्टी पूर्ण रुपेण चलायमान हुन नसक्दा निर्मित शुन्यतामा यस्ता अनगिन्ती खेल खेल्ने प्रयास भएका छन्

सरकारलाई चाहिने जनशक्ति करारमा नियुक्ति गर्दा समेत विगतमा जस्तो पार्टीकरण नगरी आधुनिक प्रविधिको प्रयोग गरेर पारदर्शी ढंगले योग्य मानिसको नियुक्ति गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न श्रम तथा रोजगार मन्त्रालयले गरेको ७५३ जना कर्मचारीको नियुक्तिलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

संविधान, ऐन कानुनको कार्यान्वयनमाकुनै सौदावाजी र ढीलासुस्ती यो सरकारले गरेको देखिदैन । ऐन कानुनको वर्खिलाप कार्य गर्ने गृहमन्त्रीका सहोदर भाईलाई सरकारले मुद्धा चलाएको छ । नेपालमा प्रचलित उखान सानालाई ऐन, ठूलालाई चैन मा अब सत्यता छैन भन्ने यो घटनाले प्रमाणित गरिदिएको छ ।

संविधान र कानुनको नजरमा सबै बराबर छन् भन्ने व्यवहारिक रुपमै स्थापित भएको छ ।

विगतको हाम्रो मागिखाने अर्थतन्त्र अब स्वाधीन अर्थतन्त्रको रुपमा विकास हुँदैछ । कुनै कारणले विदेशी सहायता नआउने अवस्थामा समेत अब देशको विकास र समृद्धि रोकिनेवाला छैन ।

तर सडकमा अर्कै माहौल सिर्जनागर्न खोजिदैछ ।

ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र तमाम प्रगतिशील आन्दोलनको बलले चिहान पुर्याइएको सामन्तवादी अवशेषका केही किङ्करहरूलाई गणतन्त्रात्मक शासन व्यवस्था, संविधान र सरकारविरुद्ध अत्यन्त अशोभनीय ढंगले उरालिदैछ ।

सामाजिक सञ्जाललाई अत्यन्त प्रदुषित बनाईएको छ ।

गरिमामय संसदमा समेत राष्ट्रपति र प्रधानमन्त्री जस्ता जनताले बनाएका सम्मानित पदको मानमर्दन गरिदैछ ।

समाजमा विभिन्न प्रकारका भ्रमको खेती गरिँदैछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको कारण पाँच वर्षे स्थीर सरकार देख्न र भोग्न नपाएका नेपाली जनता माझ सरकारप्रति आतेस सिर्जना गर्न खोजिँदैछ ।

लोकतान्त्रिक संरचनाको परिपक्वता र सवलीकरणमा जुटेको सरकारलाई अधिनायकवादीको विल्ला भिराईदैछ ।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको ऐतिहासिक एकताबाट बनेको सरकारलाई कमजोर पार्न पार्टी एकतालाई कमजोर पार्ने खेल खेलिँदैछ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई समेत हाँसीमजाक गरिँदैछ । उहाँलाई आरामदिन र पार्टीका अरु योग्यप्रधानमन्त्री छान्न संसदबाटै डाक्टरी सिफारिस गरिदैछ ।  सत्तारुढ नेकपाको एकताप्रक्रियामा ढिलाई भएको कारण पार्टी पूर्ण रुपेण चलायमान हुन नसक्दा निर्मित शुन्यतामा यस्ता अनगिन्ती खेल खेल्ने प्रयास भएका छन् । एकताको पूर्णता र पार्टीको सम्पूर्ण क्रियाशीलता भएपछि यो चलखेल बर्षाको पानीको फोका सरह विलाएर जानेछ ।

हाल सतहमा देखा परेका सामन्तवादकाकिङ्करलाई यत्तिभनौंतिम्रा सबै हर्कतहरू मृगमरिचिका सावित हुनेछन् । र, यावत् अवराधहरूलाई छिचोेलेर लोकतान्त्रिक गणतन्त्रमार्फत् नेपाल आठ लेनको समाजवादी बाटोमा पुग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित