३ कार्तिक २०८३, मंगलबार

क्वाराबाग युरोपा लिगको खेलमा पूर्व च्याम्पियन सेभियासँग पराजित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ असाेज । युरोपा लिगको समूह ए अन्तर्गतको खेलमा पूर्व च्याम्पियन सेभियाले क्वाराबागलाई तीन–शून्यले हराएको छ ।

उपाधिको दावेदार मानिएको टिम सेभियाको जितमा जाभियर हर्नान्डेस, मुनिर र अलिभेर टोरेसले एक–एक गोल गरे ।

बाकुमा भएको खेलमा घरेलु टिमविरुद्ध सेभियाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा उसले तीन गोल गर्न सफल भयो । जसमा ६२ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ७८ औं मिनेटमा मुनिरले बानेगाको पासमा उत्कृष्ट गोल गरे । ८५ औं मिनेटमा ओलिभर टोरेसले टिमका लागि तेस्रो गोल गरे । त्यसपछि घरेलु टिम क्वाराबाग खेलमा फर्कन सकेन र सेभियाले नयाँ सिजनको युरोपा लिगमा पहिलो जित निकाल्यो ।