बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

क्यानाडाबाट नेपालको प्रचार गर्दै टण्डन

दैनिक नेपाल २०७६ असोज २ गते २२:१९

क्यानाडा । विदेशमा बसेर पनि नरबहादुर टण्डनले नेपला चिनाउने अभियानलाई चलाएका छन् ।

नेपाल र नेपालीहरूका हरेक काममा आफूलाई सहभागी गराउँदै आएका टण्डनले नेपाल भ्रमण वर्षका क्रममा क्यानाडाबाट धेरैभन्दा धेरै पर्यटक नेपाल भित्राउन कसरी सकिन्छ भनेर लागेका छन् ।

नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि टण्डनले आफूलाई नेपाल केन्द्रित गराएर प्रस्तुत गर्ने गरेका छन् ।

उनले केही दिन अगाडि नेपालको भ्रमण वर्षलाई सफल बनाउन क्यानाडाका सिटी बसहरूमा नेपालका महत्वपूर्ण पर्यटकीय स्थलका तस्विरहरू राखेर प्रचार प्रसार शुरु गरेका थिए ।

टण्डनको अगुवाई तथा नेपाल र क्यानाडामा रहेका विभिन्न संघ संस्थाहरूको सहकार्यमा अभियान थालिएको हो । उनले भने, ‘विदेशमा बसे पनि हाम्रो मन नेपालमै हुन्छ । कसरी देशलाई चिनाउ भन्ने ईच्छा भइरहन्छ ।’

उनले मिसिसागाका १० वटा सार्वजनिक बसमा नेपालको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, पोखरा, नेपालकी जीवित देवी कुमारी, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका पर्यटकीय गन्तव्यस्थलहरू राखेर प्रचार शुरु गरेका थिए ।

दुई महिनासम्म मिसासागा, टोरन्टो, ब्रहामटन लगायतका सहरमा यसरी प्रचार प्रसार गरिने मानार्थ प्रतिनिधि टण्डनले बताएका छन् ।

आफू पनि भिजिट नेपाल २०२० का बीच सपरिवार नेपाल जाने उनले बताएका छन् । सांसद आनन्दले अरु क्यानाडियन पर्यटकहरूलाई पनि नेपाल जान आग्रह गरेका छन् ।

नेपाल पर्यटन बोर्डको समन्वयमा, क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंच, टिपिएन नेपाल, गोइङ्ग नेपाल लगायतको पर्यटन प्रवर्द्धनको प्रचार प्रसार शुरु गरिएको छ ।

क्यानाडाका सार्वजनिक बसमा भिजिट नेपालको लोगोसहित सुन्दर पर्यकीय स्थलहरूको फोटो देख्दा क्यानेडियन नागरिकहरू नेपालका वारेमा सोध्न थालेको टण्डनले बताएका छन् ।

क्यानाडामा रहेका गैरआवासीय नेपालीहरूले यो अभियानको प्रशंसा गरेका छन् ।

विश्वमा नेपाल चिनाउने अभियन्ताका रुपमा चिनिने क्यानेडियन नेपाली नरबहादुर टण्डनले व्यक्तिगत रुपमा करीव १६ लाख बढी रुपियाँ खर्चेर यो अभियान थालेका हुन् ।

क्यानाडा तथा अमेरिकामा नेपाल भ्रमण वर्षको तीव्र प्रचार प्रसार गर्न टण्डनले सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित