बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

युरोप संयोजकमा गिरीको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०७६ असोज २ गते २०:५१


-भगवान गिरी
लिस्बन, २ असोज । गैरआवासीय नेपाली संघ एनआरएनए केन्द्रिय अधिवेशन नजिकिँदै गर्दा विश्व भरिनै विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने हरुको संख्या बढेको छ । युरोप क्षेत्रीय संयोजक पदमा स्पेनका एकराज गिरीले उम्मेदवारी दिने भएका छन् ।

हाल युरोप उपसंयोजक रहेका गिरीले संघको नवौं अन्तर्रा्ष्ट्रिय महाधिवेशनमा युरोप संयोजकमा उम्मेदवारी दिने भएका हुन् । २०१७/१९ कार्यकालमा उपसंयोजक रही काम गरेका गिरीले युरोप संयोजकमा अहिले आफ्नो दावी स्वभाविक रहेको बताएका छन् ।

अग्रजहरुको सरसल्लाहमा नै मैले अघि बढ्ने निर्णय गरेको हुँ ।’ एक दशकभन्दा लामो समयदेखि स्पेनको नेपाली समुदायमा सामाजिकरुपमा सक्रिय गिरी सन् २०१५-२०१७ को कार्यकालमा गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका सदस्य थिए ।

यस्तै सन् २०१३-०१५ को कार्यकालमा राष्ट्रिय समन्वय परिषद स्पेनमा अध्यक्ष रहेका गिरी २०१५-१७ आईसीसी सदस्य भही काम गरेको अनुभवी छन् ।

नेपाल पर्यटन बोर्डका स्पेनस्थित मानार्थ प्रतिनिधिसमेत रहेका गिरीले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत बिभिन्न कार्यदलहरुमा रहेर जिम्मेवारी समेत निभाएका छन् ।

उनले विनाशकारी भूकम्प जादा स्पेनमा राहत संकलन कार्यको संयोजन गरेका थिए । करिब सवा करोड रुपैयाँ एनआरएन केन्द्रमा संकलन गरी पठाउँदा उनको नेतृत्वदायी भूमिका रह्यो ।

उनले स्पेनको म्याड्रिड महानगरपालिका र लुम्बिनी सास्कृतिक नगरपालिकाबीच ऐतिहासिक सम्झौता गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।स्पेनी लिगाको चर्चित फुटबल क्लव एथ्लेटिको म्याड्रिड र वेष्ट काठमाडौं फुटबल क्लवबीच सहयोग सम्झौताका लागि पनि उनले पहल गरे ।

एनआरएनए युरोप उपसंयोजक गिरीले लुम्बिनी गार्डेन फाउन्डेसनको अबधारणा पनि अघि सारेका छन् । गिरीले एनआरएनए स्पेन, राजनीतिक दल निकट संगठन लगायत विभिन्न संघसंस्थाहरुले आ-आफ्नो तवरबाट सहयोग गर्दै अघि बढ्न आँफूलाई प्रोत्साहन गरेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित