बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

कामना सेवा र बिओके क्यापिटलबीच सम्झौता

दैनिक नेपाल २०७६ असोज २ गते १९:२२

काठमाडौँ, २ असोज । कामना सेवा विकास बैंक लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरेका थिए ।

काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ९९ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित