
काठमाडौँ, २ असोज । प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
उर्लाबारीस्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरका असोज ०२ गते ऐकेडेमीका कार्यकारी निर्देशक विनोद र्अयालले एक समारोहबीच उद्घाट्न गरेका हुन् ।

मदन भण्डारी मेमोरियल ऐकेडेमीमो अध्यनरत विध्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको छ ।

सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।















प्रतिक्रिया