१२ मंसिर २०८३, शनिबार

ठूलो मात्रामा लागूऔषधसहित ७ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । काठमाडौंका विभिन्न ठाउँबाट  ठूलो मात्रामा लागूऔषध (मनोद्विपक पदार्थ)सहित ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शान्तिनगर र गोकर्णेश्वरबाट ५ हजार ५२६ एम्पुलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले जनाएको छ ।

भारतको ग्रीन पेलेस डुमरवाना–२० बैरगनीयाका ३७ वर्षीय राजा कुणा, बेल बैरगनीया–२० का ३२ वर्षीय राजेशकुमार जयसवाल र अशोगी–४ पुरुषोत्तमपुरका–३७ वर्षीय अभिषेककुमार जयसवाल रहेका छन् ।

प्रहरीले उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको बीआर ३० ८६०७ नम्बरको स्कारपियो गाडी पनि नियन्त्रणमा लिएको छ । चामल र पिठोमा लुकाइ राखेको १०४७ एम्पुल डाइजेपाम, १०३७ एम्पुल नुफिर्न र १०४२ एम्पुल फेनार्गन गरी ३१२६ एम्पुल फेला परेको प्रहरीले जनाएको हो ।

गोकर्णेश्वरबाट सिराहाको गोलबजार नगरपालिका–४ का ४२ वर्षीय उतिम लाल साह, वडानम्बर ३ का २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका–१३ का ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रेको रोशी गाउँपालिका–७ का २८ वर्षीय पेमा लामा लाई पनि प्रहरीले सार्वजनिक गरेको छ । ४१० डाइजेपाम, ३७५ फेनार्गन र ४१५ नुफिर्न गरी १२०० एम्पुल उनीहरूको साथमा फेला परेको थियो ।