बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोजेपछि …

दैनिक नेपाल २०७६ असोज २ गते ११:३०


काठमाण्डौँ, २ असोज । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने एकजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट भद्रकालीमा डिउटीमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.८३ प.५९८५ नम्बरको मोटरसाईकलमा सवार नयाँबानेश्वर बस्ने याकम तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीले असोज १ गते बेलुका चेकजाँच गर्दा मोटरसाईकल चालक तामाङले प्रहरीलाई नगद एक हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित तामाङलाई नियन्त्रनमा लिई अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित