३० आश्विन २०८३, शुक्रबार

एनआरएनए आइसीसी उपाध्यक्ष पदमा श्रेष्ठको उम्मेदवारी घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौं हुन लागेको नवौ महाधिवेशनमा अर्जुनकुमार श्रेष्ठले एआरएनएको आइसीसी उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

स्थापना कालदेखि एआरएनएमा सक्रिय रहेका श्रेष्ठ संगठनभित्र सरल, कुशल, इमानदार र कर्तव्यनिष्ठ अभियान्ताको रुपमा परिचित छन् ।

दुई कार्यकाल आइसीसी सदस्यका साथै युरोप संयोजकको नेतृत्वमा उनी रहेका थिए । उनी आइसीसी सचिव समेत बनिसकेका छन् ।

यसपटक श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । या पदमा आफूलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गरेका छन् ।

‘एनआरएनएलाई राजनीतिक रुपमा जोड्न हुँदैन’, उनले भनेका छन्, ‘यसको मूल मर्मबाट बिचलित हुनुहुँदैन । हाम्रो लक्ष्य प्राप्तिको लागि अगाडि बढ्नु एक मात्र एनआरएनएको उदेश्य हो ।’

आठ वर्ष केन्द्रीय समितिमा बसेर काम गरेका श्रेष्ठले नेपाल सरकारका अपेक्षा पूरा गर्न बिगतका दिनदेखि नै सक्रिय रुपमा कार्य गरेको बताए ।

नेपालको विकास र उन्नती गर्न सके मात्र एनआरएनएको सपना पूरा हुने उनको भनाइ छ ।

सबैको साथ र समर्थन अपील सहित आफू एनआरएनएको अभियानलाई निरन्तर दिँदै उम्मेदवारी दिन लागेको उनले बताए ।

उनले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन विशेषत मध्यपूर्वका श्रमिक मजदुरहरूको समस्या, युरोप अमेरिका अष्ट्रेलिया जस्ता विकसित देशमा पुगेका नेपालीहरूको समस्यालाई पहिचान गर्ने र त्यसलाई समाधान गर्न नेपाल सरकारसंग सहकार्य गर्दै आफू लागि पर्ने श्रेष्ठको भनाई छ ।

स्थापनाकालदेखि नै संघर्ष गर्दै आएका उनलाई संस्थाको विकासका लागि परिपक्व नेतृत्व प्रदान गर्न सक्ने व्याक्तिको रुपमा समेत एनआरएनले हेर्ने गर्छन् ।