बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

नेकपाको सचिवालय बैठक अचानक स्थगित

दैनिक नेपाल २०७६ असोज २ गते ९:२५

काठमाडौं, २ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ९ बजे केन्द्रीय सचिवालयको बैठक आह्वान गरिएको थियो ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए ।

नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको जनाइएको छ । बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउने अपेक्षा गरिएको थियो ।

तत्कालीन एमाले र तत्कालीन माओवदी एक भएर बनेको नेकपाको अझै केही कमिटीहरू टुंगिन बाँकी रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित