सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

कांग्रेसको देउवा गुटमा भाँडभैलो, देउवासँग चिढिए यी नेता

दैनिक नेपाल २०७६ असोज २ गते ९:०३

काठमाडौं, २ असोज । नेपाली कांग्रेसभित्र गुट–उपगुटले हैरानबनाइ रहेका बेला सभापति शेरबहादुर देउवाले विश्वास गरेका नेता सहमहामन्त्री डा.प्रकाश शरण महतले पार्टी भाँड्ने गरेर हर्कत गरेको आरोप लागेको छ ।

दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु जारी रहेका बेला सहमहान्त्री डा.महतले आफू निकटका नेताहरूलाई महाराजगञ्जस्थित आफ्नै निवासमा बोलाएर विरोधी नेताहरूका विरुद्ध रणनीति बनाएको बुझिएको छ ।

सहमहामन्त्री डा.महतले ती नेताहरूसँग दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आफ्नै डिजाइन र खटनपटनमा भएको दाबी गर्ने गरेका छन् ।

आफू निकटका नेताहरूसँगको भेटमा उनले भन्ने गरेका छन्, ‘कांग्रेसलाई मैले एक्लै चलाएको छु ।’

सभापति देउवालाई पनि सबै सल्लाह आफूले दिने गरेको उनले बताउने गरेका छन् । त्यति मात्रै होइन सहमहान्त्री डा.महतले नेविसंघ, तरुण दलसहितका भ्रातृ संस्था र विभागहरू गठनमा पनि आफू हाबी हुने भनेर बताउन थालेका छन् ।

‘सभापतिज्यूले मैले जे भन्यो त्यही हो मान्ने’, स्रोतले डा.महतलाई उदृत गर्दै भन्यो, ‘विरोधी समूहलाई ठेगान लगाउनुपर्छ ।’

सहमहामन्त्री डा.महतले देउवा गुटका विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, एनपी साउद, डिला संग्रौलासहितका नेताहरूलाई पनि टिमबाट बाहिर बनाउने गरेर योजना बनाएको स्रोतले दाबी गरेको छ ।

‘डाक्टर साबले आफ्नै टिमलाई पनि ठेगान लगाउने गरेर योजना बनाउनु भएको रहेछ’, स्रोतले भन्यो, ‘१४औँ महाधिवेशनमा सभापति देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार बन्ने गरेर योजना बनाएको रहस्य हामीले थाहा पाएका छौँ ।’

सहमहान्त्री डा.महतले देउवा समूहबाट आफूभन्दा अर्को नेताले टिकट पायो भने महामन्त्रीमा पराजित हुने बताउने गरेका छन् । उनको यो कुरा सुनेर देउवा समूहका धेरै नेताहरू चकित परेका छन् । हुन पनि देउवाले सहमहामन्त्री डा.महतलाई अत्यन्तै विश्वास गर्ने गरेका छन् । डा.महतका कारण देउवा कमजोर हुँदै गएको उनले चाल पाएका छैनन् ।

विमलेन्द्र निधि, रमेश लेखक, बालकृष्ण खाँण, एनपी साउद जस्ता खम्बाहरू बुढानिलकण्ठसँग टाढिने अवस्था सिर्जना हुँदै छ । डा.महतका कारण राजनीति अन्धकार बन्ने अवस्था आयो भने देउवाकै टिमका नेताहरूले बिकल्प खोज्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित