१२ मंसिर २०८३, शनिबार

चालु अधिवेशन बिहीबार टुंगिदै, प्रधानमन्त्रीले सम्बाेधन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २ असाेज । संघीय संसद्को चालु चौथो अधिवेशन बिहीबार टुंगिँदै छ । बिहीबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएपछि चौथो अधिवेशन टुंगिने संसद् सचिवालयले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री केपी ओलीले पनि दुवै सदनमा छुट्टाछुट्टै सम्बोधन गर्नेछन् । सभामुख कृष्णबहादुर महरा शनिबार एक हप्ताको लागि काजकिस्तानको भ्रमणमा जाने भएकाले केही दिनअघि नै अधिवेशन टुंग्याउन लागिएको सचिवालयले जनाएको छ ।

एक वर्षअघिदेखि संसदमा अड्किएको नागरिकतालगायतका विधेयक अघि बढ्न कम्तीमा अर्को तीन महिना कुर्नुपर्ने भएको छ ।

०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयकमा विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरे तत्काल नागरिकता दिने कि सात वर्षपछि मात्रै दिने भन्नेमा राजनीतिक दलहरूबीच सहमति नजुट्दा पारित हुन नसकेको हो ।

अब यो विधेयकमाथि पुसको पहिलो हप्ता सुरु हुने हिउँदे संसद्मा छलफल हुने सम्भावना छ । बिहीबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।