सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

लागु औषध चरेशसहित ३ जना पक्राउ

दैनिक नेपाल २०७६ असोज १ गते २०:२७


दाङ, १ असोज । दाङ प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

विहान १० बजेको रा.३ प.४५५९ नं. को मोटरसाईकलमा लागु औषध चरेशकाे कारोबार गर्दैगर्दा दाङको रोल्पा होलेरी सडक खण्डको दाङ रोल्पा सिमाना स्थित घोराही १९ खम्वास भन्ने स्थानमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाँउपालिका वडा नं. ४ बस्ने वर्ष २१ को गणेश वली रहेका छन् ।

त्यस्तै, त्यही स्थानमा बस्ने वर्ष २७ को भुपेन्द्र थापा र वर्ष ४० को अमृत थापा रहेका छ ।

प्रतिक्रिया
सम्बन्धित