सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

चिकित्सा शिक्षा आयोगले कसैको दबाबमा काम गर्नु हुँदैन : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ असोज १ गते १९:१०

काठमाडौँ, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन् । आयोगको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुँदैन ।” प्रधानमन्त्री ओलीले भने –“यसले स्वायत्त ढंगले काम गर्छ । देशको आवश्यकता अनुसार काम गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्ने बताएका छन् । “हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ ।” प्रधानमन्त्री ओलीले भने “विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन । तर अब त्यस्तो हुदैन ।”

प्रतिक्रिया
सम्बन्धित