बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

कपनमा मदिरा पसल चलाउने महिलाको हत्या, हातमुख बाँधेको अवस्थामा भेटियो शव

दैनिक नेपाल २०७६ असोज १ गते १५:१५

काठमाडौं, १ असोज । कपन तेन्जिङ चोकमा हत्या गरिएको अवस्थामा ४० बर्षिया कमला कार्कीको शव फेला परेको छ ।

मदिरा पसल चलाउने कार्कीको हत्या कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ । दोस्रो बिहे गरेकी कार्की सोही ठाउँमा डेरा गरी बसेकी थिइन् ।

महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग कपनबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार कार्कीको हात मुख बाँधेको अवस्थामा शव फेला परेको हो ।

कार्कीको हत्या भएको पुष्टि भए पनि कसले किन गरेको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित