
इटहरी, १ असोज । इटहरीका पोलहरुमा डोको राखिएको छ । संविधान दिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रमका क्रममा विजुलीका पोलमा डोको राखिएको हो ।
नसड्ने फोहोर हाल्नका लागि डोको राखिएको हो । पर्यटकहरुको सहजताका लागि इटहरी चौक आसपास, खनार, पकलीका पोलमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले बताए छन् ।
उनका अनुसार तरहरमा पनि राखिने छ । इटहरीमा संविधान दिवस ४ दिन सम्म भव्यताका साथ मनाउने कार्यक्रम अनुरुप आज पोलहरुमा डोको राखिएको हो ।
भोलि विहान आठ वजे पाथीभरा फुटसल काब्यवाटिका इटहरीमा इटहरी उपमहानगर र पत्रकार, उद्योग वाणिज्य संघ र नागरिक समाज विच मैत्रीपूर्ण फुटसल हुने छ ।

यसैगरि भोली विहान ११ वजेदेखि जनसहयोग क्यामपस तरहरामा संविधान कार्यावन्यनमा युवाको भूमिका विषयक अन्तरक्यामपस वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
यसैगरि भोलीनै शारदा उच्च मावि खनारमा नेपालको संधिवान र अवसरहरु विषयक उच्च मावि स्तरीय निवन्ध प्रतियोगिता हुने छ । भोली अपरान्ह चार वजे पकली स्थित वृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण, इटहरी २ स्थित मायाँघरका सुत्केरीलाई पोषणयुक्त खादयान्न र कपडा वितरण तथा निसहाय वाल आश्रममा खादयान्न वितरण कार्यक्रम गरिने छ ।
असोज ३ गते विहान रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी उपमहानगर परिसरमा रक्तदान कार्यक्रममा सरिग हुन उपमहानगरले नगरवासीमा आग्रह गरेको छ ।












प्रतिक्रिया