१२ मंसिर २०८३, शनिबार

छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ असोज । काठमाडौँ र कालिकोटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पारी २ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका १५ बनस्थली अन्नपूर्णा चोकस्थित सडकमा बा.३ ख १८३३ नम्बरको बसले बा.९८ प २७१५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका १६ देवनगर घर भएका २० वर्षीय सम्मान भट्टराईको साईबाबा अस्पताल ढुंगेधारामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालिकोट, तिलागुफा नगरपालिका १ नाग्म बजारस्थित सडकमा यात्रु चढाउन रोकी राखेको ना.३ ख ७६६४ नम्बरको बस अचानक अगाडि बढ्न गई मंगलबार दिउँसो दुर्घटना हुँदा बसले च्यापियर जुम्ला सिजा गाउँपालिका १ बस्ने ३१ वर्षीय नन्द बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल जुम्लातर्फ लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।