बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

एनआईसी एशिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा

दैनिक नेपाल २०७६ असोज १ गते १०:३९

काठमाडौं, १ असोज । ग्रामीण तथा दुर्गम स्थानहरू साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ ।

सल्यान जिल्ला, शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा यही भदौ ३१ गतेदेखि सञ्चालनमा आएको हो ।

बैंकले सञ्चालनमा ल्याएको यस श्रीनगर शाखाकोे समुद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् ।

श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित