सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

चिनियाँ विदेश विभाग प्रमुख काठमाडाैं आउँदै

दैनिक नेपाल २०७६ असोज १ गते १०:१०

काठमाडौं, १ असाेज । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख सोङ ताओ आगामी शनिबार काठमाडौं आउने भएका छन् ।

उनले प्रधानमन्त्री केपी ओलीसहित परराष्ट्रका उच्च अधिकारी र विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र स्रोतका अनुसार राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे परामर्श गर्न चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधिका रूपमा ताओ आउन लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित