बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

तालिबान वार्ता गर्न तयार

दैनिक नेपाल २०७६ असोज १ गते ९:०६

लण्डन, १ असाेज । तालिबानले आफ्नो तर्फबाट वार्ताको ढोका बन्द नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ता पुनः स्थापित गर्न चाहन्छन् भने आफ्नो तर्फबाट ढोका खुला नै रहेको तालिबानले बताएको बिबिसीले उल्लेख गरेको छ ।

तालिबानको तर्फका वार्ता प्रमुख शर मोहम्मद अब्बास स्तानिक्जाइले वार्ता नै आफगानिस्तानमा शान्ति स्थापनाको एक मात्र माध्यम रहेकोमा जोड दिएका छन् । ट्रम्पले गएको हप्ता अफगान तालिबानसँगको वार्ता अन्त्य भएको बताएका थिए ।

सेप्टेम्बरको सुरुमा अमेरिका र तालिबानले विभिन्न चरणमा भएको वार्तामा सहमतिमा पुगेको र त्यसमा अन्तिम सम्झौताको तयारी भएको बताएका थिए । सो सहमतिले अफगानिस्तानमा १८ वर्षदेखि जारी हिंशा अन्त्य गर्ने अपेक्षा गरिएको थियो ।

सहमति अनुसार नै अमेरिकी राष्ट्रपति ट्रम्पले सेप्टेम्बर ८ मा तालिबानका शीर्ष नेता तथा अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीसँग क्याम्प डेविडमा भेटवार्ता गर्ने तयारी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित