बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

सामसङको आकर्षक फेस्टिभ अफर “सामसङ आयो, खुसी छायो” योजना

दैनिक नेपाल २०७६ भदौ ३१ गते १९:११

काठमाडौँ, ३१ भ्दौ । विश्वमा विद्युतीय ब्राण्डका रुपमा स्थापित सामसङले आकर्षक फेस्टिभ योजनाहरु प्रस्तुत गर्दै आइरहेको छ ।

यसै सिलसिलामा यस वर्षको उत्सवको मौसमा “सामसङ आयो, खुसी छायो” योजना प्रस्तुत गरेको छ । यस योजनासँगै सामसङले आफ्ना उत्पादनहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाइएको छ ।

“सामसङ आयो, खुसी छायो” योजनाले वास्तवमै नयाँ टिभि वा अन्य होम अप्लाइन्सहरुको खरिद गर्ने योजना बनाउनु भएका ग्राहकहरुलाई आकर्षक छुट प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

टिभि, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुले चाडपर्वमा रौनकता थप्ने हुँदा सामसङले उपभोक्ताहरुलाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको हो ।

यस छुटको साथसाथै सामसङले आफ्ना टिभिहरुमा २ वर्षको वारेन्टी (१ वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरुको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाएको छ ।

हिम इलेक्ट्रोनिक्स प्रा.लि तथा त्रिवेणी ब्यापार प्रा.लि.का अधिराज्यभरु रहेका आधिकारीक डिलर नेटवर्क अन्तर्गतका वितरकहरु मार्फत यो योजना आश्विन १ गतेदेखि कात्र्तिक २९ गतेसम्म रहने छ ।

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लिको बारेमा

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत् नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ ।

कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित