१५ कार्तिक २०८३, आइतबार

वृक्षारोपण कार्यक्रम सम्पन्न, २५० बिरुवा रोपियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ भदौ । संविधान दिवस २०७६ को उपलक्ष्यमा भदौ २६ गते काठमाण्डौँ महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले वृक्षारोपण सुरु भएको थियो ।

त्यही वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिँदै ३१ गते त्रिपुरेश्वर चोकदेखि सुन्धारा नागस्थान चोकसम्म सडकको पश्चिमतर्फ र सुन्धारा चोक, भोटाहिटी चोक, जमल चोक हुँदै दरवारमार्ग महिन्द्र शालिकसम्म सडकको दुवैतर्फ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वृक्षारोपण कार्यक्रममा कपुर, पोयले र कल्की जातका गरि करिव २५० वटा बिरुवाहरुको वृक्षारोपण गरिएको थियो ।

उक्त वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका महानिर्देशक आभा श्रेष्ठ, काठमाण्डौँ महानगरपालिकाका वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठ, नेपाली सेनाको उपत्यका पृतना हे.क्वा. अन्तरगतका सकलदर्जालगायत अन्य व्यक्तिहरु समेत उपस्थिति रहेको थियो ।