
काठमाडौँ, ३१ भदौ । विवेकशील नेपालीको आन्तरिक चुनावमा अध्यक्ष उज्वल थापा नउठ्ने भएका छन् ।
आठ वर्षदेखि अध्यक्षको पदमा रहेका थापाले आन्तरिक चुनावमा कुनै पनि पदका लागि नउठ्ने घोषणा गरेका हुन् ।
पार्टीमा न्याय र मित्रता कायम गर्नका लागि थापाले यस्तो निर्णय गरेको प्रवक्ता मिलन पाण्डेले बताए । मंगलबार यसबारेमा उनले पार्टीका कार्यकर्तालाई जानकारी दिएको प्रवक्ता पाण्डेले जनाएका छन् ।
विवेकशील नेपालीको राष्ट्रिय सम्मेलन कार्तिक १ र २ गते जनकपुरमा हुँदैछ । सम्मेलनका लागि बुधबारदेखि आन्तरिक चुनावको प्रकृया सुरू हुने भएको पार्टीले जानकारी दिएको छ ।












प्रतिक्रिया