
काठमाडौँ, ३१ भदौ । स्वतन्त्र निर्माण कालिगढ संघको भदौ ३० गते दोश्रो साधारण सभा संघको अध्यक्ष राम शरण वरुवालको अध्यक्षतामा सम्पन्न गरियो ।
कार्यक्रममा प्रमुख अतिथि जगदम्बा स्टिल्स प्रा. लि. का मेनेजर पदम प्रसाईले ग्रहण गर्नुभएको थियो । उक्त संघका सचिव रामकृष्ण बखुन्डेले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो त्यस्तै संघका कोषाध्यक्ष सत्यराम सुकभडले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
जगदम्बा स्टिल्सका मेनेजर सुदिन मानन्धरले च्जष्लय छण्ण्म् को बारेमा जानकारी गराएका थिए । इन्द्रायणी हार्डवेयरका गोपाल स्याभा तथा संघका सदस्य कृष्ण प्रसाद कर्माचार्यले समेत बोलेका थिए ।
भक्तपुर हार्डवेयर, ख्वप मीनी हार्डवेयर, रिद्धि सिद्धि सिमेन्टका प्रतिनिधिको समेत उपस्थिति रहेको सो कार्यक्रममा संघका सदस्यहरुको पनि व्यापक सहभागिता भएको थियो ।












प्रतिक्रिया