३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैँकद्धारा अटीजम केयर नेपाललाई सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि १ लाख रुपैयाँ वित्तीय सहयोग प्रदान गरेको छ ।

यस अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) भएका बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्ष सरु अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।