सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

उनी फर्किनन् …

दैनिक नेपाल २०७६ भदौ २९ गते १८:२४


-वि.वि. श्रेष्ठ
काठमाडाैँ । दिनको त्यो प्रहार छिप्पिदै जादाँ र साँझको त्यो मार्धुयतालाई आलिङ्गन गर्ने बेलामा जीवनको एउटा नमिठो पलको अन्त्य हुदै गर्दा चर्को स्वरमा ध्वनि गुन्जियो ।

ध्वनिले पुर्ण रुपमा क्षतविक्षत बनायो । सहनुको कुनै पनि विकल्प थिएन । संसारमा सबैभन्दा ठुलो जघन्य अपराध नै मैले मात्र यो धर्तीमा शुरुवाती गरेको जस्तो ।

समयसँगै मानवजाति बलवान हुने चेष्टा राखेता पनि सम्भव हुँदैन । त्यो आत्मानुभूति भने पक्कै भएको थियो । आफन्तको त्यो चर्को आवाज उसको त्यो आवश्यकता थियो कि आवेगमात्र ?

भ्रमको जीवन बाँच्नेहरुको वाहुल्यता रहेको विश्व समुदायमा भ्रम विहिनहरुको अस्तित्व भेट्न कल्पना बाहिरको कुरा हुन् । उनीपनि अपवाद रहिनन् । त्यहि भीडको त्यो बलले उसमा पनि एक प्रकारको उत्साह जागेको थियो ।

जुन उत्साहले उसमा थप सोचको क्रियाशिलतालाई कमजोर बनाईदियो । वर्षौँदेखि सिकेको त्यो भावनात्मक एकताको कडि लाई धुमिल बनाईदियो । सोच्दा हुन् म नै सर्वशक्तिमान हुन्, म नै शक्ति हुँ, म नै कसैको जीवन वर्वाद गर्न सक्दछु । विचारमा विविधता स्वभाविक नै हो ।

जीवन आँफैमा सम्झौताको परिचय हो । यहि पृष्टभुमिमा अडेको जीवन फगत कसैको स्वार्थपुर्तिमा बग्दछ भने त्यसको अर्थ नहुने रहेछ । व्यक्ति जब आँफैमा विश्वास हुँदैन र अर्काको वुई तरेर जंँगार तर्न प्रयत्न गर्दछ भने उ डुब्नुको विकल्प छैन । हामी यहि कमजोर मानसिकतामा समर्पित रहेर बाँचिरहेका छौ ।

यहि परिबन्धकाबीचमा जीवन गुमाईरहको छौ । यावत अनुभवका वीचमा पनि हामी यार्पित भईरहेको छौ । सायद त्यही भएर नै जीवनका अविरल परिभाषाहरु परिभाषित बनेका होलान् । व्यक्तिको चेतनाले नै विषयको गाम्भिर्यताबोध हुने यथार्थ सचित्रलाई सोच्न र बुझन नसक्नेहरुले धुमिल बनाईदियो ।

आत्मा सवैको समान भएता पनि सोच र चेतना भने हरेकतामा फरक हुन्छ । यही असमानताको अचेतन प्रभावको भुमरीमा जकडीको हाम्रो जीवन वस्तु तथा विषयको यथार्थ चित्रण गर्न नसक्नु नै जीवनको शारिरिक तथा मानसिक तनावको कडि बनिदियो ।

जव आफनाले नै आफनोको विश्वास नगरी परनिर्भरतामा जीवनको परिभाषा खोज्न थाल्दछ । तव समस्या त्यहीँबाट उत्पन्न हुन्छ । त्यही समस्याको जगमा हुर्किएको सम्बन्ध कहिल्यै नफुल्ने गरि ओईलाईदियो ।

भीड र अराजकतामा विश्वास गर्नेहरुको दिन र कालखण्ड निश्चित समय सम्मका लागी मात्र हुन्छ । यहि सुत्रको अन्वेशण त्यहाँ पनि लागु भईदियो । अन्ततः सपना, कल्पना र भविष्यलाई समेत माथ दिने गरिएको त्यो निर्णयले जीवनभर ठेस लाग्ने वातावरणको सिर्जना गरिदियो ।

विश्वको समाज नै भीडद्धारा निर्देशित हुने गरेको छ । संसारका जति सुकै सम्पन्न राष्ट्रहरु समेत भीडका कारण द्धन्द्धमा धकेलिएका प्रसस्त उदारहणहरु रहेका छन् । त्यहि भीडको अराजकतावाट सिर्जित समस्याको समाधान गर्न नसक्दा घटेका घटनाक्रमहरु जघन्य मात्र होईन सोच्नै नसक्ने प्रवृत्तिका समेत पाईन्छ ।

जीवन नै सम्झेकाहरु समेत विश्वासको त्यो वातावरणमा मौलाउन नसक्दा देखिएको त्यो कारुणीक पाशवान घटनाहरु घटिसकेपछि पछुताउनु शिवाय अन्य विकल्प हुँदो रहेनछन् । त्यहि विगतको कमीकमजोरी नै जीवनको महत्वपुर्ण पाठशाला बन्दो रहेछ । दर्दनाक दर्दहरु सहेर, शुन्यतामा हराएर र त्यहि भीडको अराजकतालाई धिक्कारेर, जुन भीडको अराजकतामा मच्चिदै हिजो आफैलाई मसीहा बनाउन उद्यतहरु ।

स्वप्नको त्यो स्वप्नशिलता निश्चित समयसम्मका लागी मात्र मिठास बन्दोरहेछ । बुझेर पनि नबुझेजस्तो गर्नुपर्ने समाजमा बाँच्न विवश हामीहरु परिवर्तनका खातिर एक्लिन तैयार हुदाँ समेत साथ नदिने वौद्धिक वर्गहरु समाजका धमिराहरु रहेछन् । यहि वौद्धिकता, समाजसेवी र समाजका नाममा भएका गतिविधिले समाजिक रुपमा समाज हुदै व्यक्तिमा पारेको मानसिक तथा भौतिक तनावको जिम्मा किन लिदैन ?

नरोकिने यो समाजको गतिको पदचापलाई पछ्याउन खोज्नेहरु धर्तीमा अडिन सकेन । पल्लो घरको त्यो पर्खालको ढुङ्गा पनि आफनो अस्तित्व रक्षाका लागी प्राकृतिको अनुपम प्रहारसँग लडिरहेको छ । निर्धक्का साथ, विश्वासका साथ, गर्वका साथ, संघर्षका साथ ।

तर समाजमा विवेकशील प्राणीका उपमाले सिगारिएको हामी त्यो विश्वास, साथ र संघर्षको केहि चरण पनि पार गर्न नसकी विलिनताका संघारमा उभिएका छौ । सांसारिक सृष्टिको निरन्तरतामा जीउनेहरुको त्यो भीडले फरक सोच र एक्लोपनलाई बाँच्न दिदैन ।

भीडमा रमाउनेहरुले कदापी यो समाजको साथ निश्चित समयका लागी हो भन्ने सोच्न सक्दैन । त्यहि सोचले ग्रसित उनी फर्किनन् स्वार्थ र चेतना विहिन सोचमा लिप्त बनेर …

वक्स १
सांसारिक सृष्टिको निरन्तरतामा जीउनेहरुको त्यो भीडले फरक सोच र एक्लोपनलाई बाँच्न दिदैन । भीडमा रमाउनेहरुले कदापी यो समाजको साथ निश्चित समयका लागि हो भन्ने सोच्न सक्दैन । त्यहि सोचले ग्रसित उनी फर्किनन् स्वार्थ र चेतना विहिन सोचमा लिप्त बनेर ।

प्रतिक्रिया
सम्बन्धित