३ कार्तिक २०८३, मंगलबार

सिप्रदी अर्थमुभर्स र ज्योति विकास बैङ्कबीच सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालि र ज्योति विकास बैङ्कबीच कर्जा सम्झौता भएको छ ।

अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकास बैङ्कको देशैभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनिका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका थिए । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ ।

सिप्रदी अर्थमुभर्स प्रा. लि. ले विगत १० वर्षदेखि टाटा हिटाचिका करिव १५०० भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्रीवितरण गरेको छ ।

टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरीबाट बिक्रीपछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।