३० आश्विन २०८३, शुक्रबार

एनआरएनए आइसीसी युवा संयोजकमा घर्तीले उम्मेदवारी दिने

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भगवान गिरी

लिस्बन । गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युवा संयोजक पदका लागि पोर्चुगलबाट बागलुङका येमेन्द्रकुमार घर्ती उम्मेद्वारी घोषणा गरेका छन् ।

हाल गैर आबासीय नेपाली संघ पोर्चुगल शाखाका सचीव रहेका घर्ती युवाहरूको हितमा काम गर्ने भन्दै उम्मेद्वारी सनिवार पत्रकार भेटघाट आयोजना गरि घोषणा गरेका हुन् ।

हक्की स्वभावका घर्तीले आफू विजयी भएपछि संस्थागत गतिविधिलाई पारदर्शी बनाउने, युवा र श्रमिक वर्गलाई संस्थाप्रति आकर्षितगर्ने, दोश्रो पुस्ताका नेपालीहरूलाई पनि संस्थाको महत्वबारे सचेतना फैलाउने र गैह्र आवासीय नेपाली नागरिकताबारे संविधानमा उल्लेख भए बमोजिमको ऐन बनाउन दवाव दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

२० वर्षदेखि वैदेशिक रोजगारमा रहेका उनी ६ वर्ष जापान बसेका थिए । तेह्र महिना अगाडि पोर्तुगल आएका उनले अन्तर्राष्ट्रियस्तरमा थुप्रै साथीहरूको सल्लाह र परामर्शमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।

जापानमा उनले एनआरएनएबाहेक नेपाली जनसम्पर्क समिति र नेपाली सेवा समाज जापानको महासचिव पदमा रहेर काम गरेका थिए ।

जापानमा रहेका उनका समर्थक रेशम पुनका अनुसार एशिया पशिफिक, युरोप र अमेरिकाका एनआरएनए अभियन्ताहरुबाट घर्तीलाई सहयोग हुने आश्वासन प्राप्त भएको बताए ।

घर्तीले सबैतिर घनिभूत छलफल र समन्वयका लागि उच्चतम प्रयास गरिएकोले विजय सुनिश्चित रहेको दावी गरेका छन् । उनले मध्य पूर्व र ओसेनिया क्षेत्रमा पनि समर्थन जुटाउन प्रयास भाइरहेको बताएका छन् ।

नेपाली काँग्रेसको एघारौ महाधिवेशनमा बागलुङ जिल्ला क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएका थिए ।

विसं. २०५४ मा नेवि संघ जिल्ला समिति बागलुङको उपाध्यक्ष रहेका घर्तीले बागलुङ कांग्रेसको जिल्ला समितिको सदस्यको राजनीतिक अनुभव पनि सङ्गालेका छन् ।

सीसाखानी बागलुङका घर्ती नेपाल छँदा युवा अनुसन्धान केन्द्र नामक गैह्र सरकारी संस्थाको अध्यक्ष भएर काम गरेका थिए ।