
काठमाडौं, २८ भदौ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ ७ मतान्तरले विजयी भएका छन् ।
प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले १० मत ल्याउँदा जीवनरामको १७ आएको थियो । उक्त कमिटीमा २७ मत थिए ।
यसअघि पनि निर्वाचित श्रेष्ठ ओलम्पिक कमिटीको अध्यक्ष थिए । महासचिवमा जीवनराम प्यानलकै लिलेन्द्रराज श्रेष्ठ निर्वाचित भए । उनले उमेशलाल प्यानलका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे ।
५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ज्योती राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनिलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भए ।
३ सचिव पदका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भए । बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए ।
राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशव विष्ट भने सचिव पदमा पराजित भए ।
नेपाल ओलम्पिक कमिटीको ७ सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, दीर्घबहादुर केसी, होमबहादुर दोङ, टासी घले र राम अवाले निर्वाचित भए ।















प्रतिक्रिया