सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

नेपालमा बालअधिकार र यसको विकास क्रम

दैनिक नेपाल २०७६ भदौ २८ गते १२:३७


-भगवान गिरि
लिस्बन २८ भदौ । विस २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०१६ सालमा आएर २९ गते मनाउन सुरु गरियो ।

इतिहासलाई फर्केर हेर्दा नेपालमा बाल दिवस तत्कालीन मुमा बडामहारानी रत्नराज्य समादेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो ।

तत्काल भारतबाट फिर्तीपछि मुमा रत्नद्धारा आफ्नो जन्म दिन पारी विस २०२१ भदौ ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नो जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी सुरु गरिन् ।

त्यही दिनलाई राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको पाईन्छ । भदौ ४ को दिनलाई राष्ट्रिय बालदिवसको रुपमा देशले ४२ वटा बालदिवस मनायो ।

लोकतन्त्रको स्थापना पश्चात् यसको पुरानो संरचनामा केही फेरबदल भयो परिणामस्वरूप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसका मितिलाई पनि परिवर्तन गर्यो ।

वास्तवमा विस २०४६ सालको प्रजातन्त्रको पछि, गठित अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि (१९८९) लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भदौ २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको हो ।

आजसम्म जुन ढंगबाट बालदिवस मनाइएको थियो । त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढंगबाट अधिकारमुखी समानुपातिक ढंगबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रुपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ ।

२०६३ साल अघि सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरी बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रुपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि (१९८९), २० नोवेम्बरलाई सन् १९९०,१४ सेप्टेम्बर २९ भदौमा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने निर्णय गरिएको हो ।

२९ भाद्र २०६३ देखि राष्ट्रिय बालदिवसको रुपमा मनाउने कार्यको थालनी भएको छ । यसले पहिलो बालदिवस मनाउने कामको थालनी गरेको मान्न सकिन्छ । यद्यापि २९ भदौमा राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ ।

तर मूल कुरा बालदिवस कुन दिन मनाइन्छ भन्ने मात्र होइन । यस्ता दिवसहरुलाई वास्तविक तमाम नेपाली बालबालिकाको प्रत्याभूत गराउन सकिएन भने खासै अन्तर हुने छैन विगत र वर्तमानको बालदिवसमा ।

बालदिवस आँफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधा जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । कुनै पनि दिवस आफैमा एउटा परम्पराको रूपमा पनि लिन सकिन्छ ।

त्यसमा अहिलेको परिवर्तन र नयाँ नेपालको दृष्टिकोणका त्यसलाई परिभाषित गरिनुपर्दछ । तिनीहरुको पुनव्र्याख्या गरिनुपर्दछ । नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ ।

त्यसको साथै बालअधिकारको विषयमा के कस्ता राम्रा काम गर्यो कति उपलब्धि प्राप्त गर्यो कति चुनौतीहरु आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरुको समीक्षा हुनु पनि जरुरी छ ।

अहिलेको सन्दर्भमा बालसहभागितोको कुरा गरिराखेको छौं । ती कुराहरु सहज र सरल भाषामा उनीहरुबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ । बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तर्जुमा गर्दा उनीहरुको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो प्रक्रिया के हो र उनीहरुलाई त्यो त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नु अनिवार्य रहेको छ ।

जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन । यसका लागि केन्द्र देखि स्थानिय तह सम्मका यस क्षेत्रमा क्रियाशील बालअधिकारकर्मी गैरसरकारी संस्थाहरू सरकारका विभिन्न निकायहरु मन्त्रालय केन्द्रीय बाल कल्याण समिति लगायतका निकायहरु बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जसरी छ ।

केही बर्ष यता बालमैत्री स्थानीय शासन लागू गरि बालमैत्री वडा, गाउँपालीका, नगरपालीका, जिल्ला, प्रदेशका साथै राज्यलाई नै बालमैत्री वनाउने अभियानमा नेपाल सरकार लागि परेको छ यो अभियान पनि स्वागत योग्य छ । यी अभियान कागजमा मात्रै नभए ब्यबहारिक रुपमा हुनुपर्ने स्वयम बालबालिका, बालबालिका क्षेत्रमा कार्यरत सरोकार हरुको धारणा रहेको पाहिन्छ ।

प्रतिक्रिया
सम्बन्धित