
काठमाडौं, २८ भदौ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि शनिबार बिहानदेखि मतदान सकिएको छ ।
सातदोबाटोमा रहेको कार्यालय परिसरमा निर्धारित समय भन्दा डेढ घन्टा ढिलो मतदान सुरु भएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको पर्यवेक्षणमा मतदान भइरहेको हो ।
ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचन कार्यक्रम २० भदौमा तोकिएको थियो । निर्वाचन स्थगित गर्न माग गर्दै कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रिटमा सर्वोच्च अदालतले १७ भदौमा अन्तरिम आदेश दिई निर्वाचन रोकेको थियो ।
आइतबार दुवै पक्षसँग छलफल गरेपछि न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न नपर्ने आदेश दिएपछि शनिबार मतदान सकिएको हो । नेपाल ओलम्पिक कमिटीको नयाँ अध्यक्षका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । जीवनराम र उमेशलाल दुवै नेकपा निकट हुन् ।















प्रतिक्रिया