१२ मंसिर २०८३, शनिबार

प्रहरीलाई आक्रमण गर्न खाेज्ने साजन गुरुङमाथि गाेली प्रहार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ भदौ । गुण्डागर्दीमा संलग्न साजन गुरुङ उर्फ नाजोकमाथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोलीबाट घाइते भएका गुरुङ्गलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

तारकेश्वर नगरपालिकाको गोलढुंगास्थित फूलबारी रेष्टुराँमा साजनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा साजनले प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि महानगरीय अपराध महाशाखाको टोलीले उनीमाथि गोली चलाएको हो ।

महाशाखाकाअनुसार साजनको खुट्टामा दुई गोली लागेको छ । साजनलाई विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्न खोजी गर्दै आएको थियो ।

धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।

साजनको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको प्रहरी जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।