सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

डोरियन समुद्री आँधीमा बेपत्ता हुनेकाे संख्या घट्याे

दैनिक नेपाल २०७६ भदौ २७ गते ७:५८

लण्डन, २७ भदाै । शक्तिशाली डोरियन समुद्री आँधी कारण जनधनको ठूलो क्षति भएको बहमासको आपतकालीन सेवाले बेपत्ताको सूचीमा रहेका मानिसको संख्या घटाएको छ ।

यसअघि बेपत्ताको सूचिमा २५ सय जना रहेकोमा घटाएर १३ सय जना बनाइएको छ । क्रस–चेकपछि बेपत्ताको संख्या घटेको हो ।

आँधीमा बेपत्ता भएका र हालसम्म नभेटिएकालाई बेपत्ताको सूचिमा राखिएको बहमासको आपतकालीन सेवाले जनाएको छ । गएको हप्ता डोरियन आँधी बहमासमा नोक्सानी गरेर अघि बढेको थियो ।

हालसम्म आँधीका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको जनाइएको छ । तर वास्तवमा निधन हुनेको संख्या त्यो भन्दा अधिक हुन सक्ने सरकारी अधिकारीले नै बताएका छन् ।

आँधीका कारण प्रभावित भएका दशौँ हजार मानिसलाई अझै अत्यावश्यक सामग्रीको सहयोगको खाँचो रहेको छ । शक्तिशाली हावासहित ठोक्किएको डोरियन आँधीका कारण एबाको आइल्याण्ड र ग्राण्ड बहमासमा ठूलो क्षति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित