६ कार्तिक २०८३, शुक्रबार

सीटीईभीटीमा पहुँचको भरमा सम्बन्धन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदाै । सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पु-याउने लक्ष्य राखे पनि अझै २ सय १२ पालिकामा प्राविधिक शिक्षाको पहुँच पुग्न सकेको छैन । राजधानी दैनिकले खबर छापेकाे छ ।

सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पु-याउने लक्ष्य लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहालीका क्रममा आगामी दुई वर्षभित्र सीटीईभीटीबाट सम्बन्धन प्राप्त सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु-याउने लक्ष्य लिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ ।

तर, भौगोलिक अवस्था, जनसंख्या, स्थानीयको माग र आवश्यकतालाई आधार मानेर प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने भए पनि हचुवाको भरमा सम्बन्धन दिइएको पाइएको हो ।

एउटै पालिकामा पाँचवटासम्मलाई मापदण्ड नै नबनाएर प्राविधिक शिक्षा अध्ययन अध्यापनको अनुमति दिएको पाइएको छ । मुख्यतः दाङ, जुम्ला, कालीकोट, कञ्चनपुर, बाँके, बर्दिया, बाग्लुङलगायतका जिल्लामा दोहो¥याएर सम्बन्धन दिइएको छ ।

परिषद् अनुसार ४७ वटा आंगिक शिक्षालय छन् । यस्तै ४ सय २९ वटा निजीस्तरबाट सञ्चालित छन् । परिषद्बाट सम्बन्धन प्राप्त २ सय ९३ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको अध्ययन/अध्यापन हुँदै आएको छ ।

तर, शिक्षा मन्त्रालयले छुट्टै तवरबाट कक्षा ९ देखि १२ तर्फ प्राविधिक धारको कक्षा सञ्चालन गर्दै आएको छ । यसको गुणस्तरीयताबारे प्रश्न चिह्न खडा भएको देखिन्छ ।

मध्यमस्तरीय जनशक्ति प्रक्षेपण समितिले प्राविधिक शिक्षाको माग रहेको निष्कर्ष निकाल्दै यसको गुणस्तरीयतामा ध्यान दिएर राज्यले लगानी बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।