बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

स्रोत नखुलेको ४० लाख रुयैयाँसहित २ जना पक्राउ

दैनिक नेपाल २०७६ भदौ २६ गते २१:५१

बुटवल, २६ भदौ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले स्रोत नखुलेको ४० लाख रुयैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाना नौतनवा, ग्राम लौटन भारतका २४ वर्षीया रितेशकुमार मधेसिया र सोही ठाउँकै २४ वर्षीया निरजकुमार अग्रहरी रहेका छन् ।

प्रहरीले उनीहरुलाई दिउँसो ४ बजे पक्राउ गरेको हो ।

सिद्धार्थनगर नगरपालिका १ स्थित सडकमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आइरहेको भारतीय युपी ५६ वाइ ७०४९ नं. को मोटर साइकलमा उनीहरु सवार रहेका थिए ।

उक्त मोटरसाइकललाई चेकजांच गर्ने क्रममा मोटर साइकल चालकको झोला खान तलासी गर्दा श्रोत नखुलेको अवैद्य रकम (हुण्डी) बरामद भएको प्रहरीले जनाएको छ ।

जिप्रकाका अनुसार विभिन्न दरका नेपाली नोटहरु ३८ लाख ९३ हजार १ सय र विभिन्न दरका भारतीय नोटहरु १ लाख ६४ हजार भारतीय रुपैया गरी ४० लाख ५७ हजार एक सय रुपैया बरामद भएको छ ।

उनीहरुको साथबाट विभिन्न बैंकका चेक समेत बराद गरिएको छ । पक्राउ परेका व्यक्तिहरुलाई जिप्रका कार्यालयको नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाइएको छ ।

विभिन्न बैंकका विभिन्न व्यक्तीको नाममा विभिन्न मितिमा काटिएका २७ लाख ४८ हजार ७ सय रुपैया बराबरको १० थान चेक , विभिन्न बैंकका चेक बुकहरु ५ थान, भारतीय र नेपाली बैंकको एटीएम कार्ड ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित