१५ कार्तिक २०८३, आइतबार

वृद्धाको हत्यामा संलग्न चार जना पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, २६ भदौ । प्रहरीले हत्यामा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको टोलीले गैँडाकोट नगरपालिका–१५ का ६८ वर्षीया भुमादेवी खत्रीको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न खोटाङको दिपु्रङ घर भई हाल गैँडाकोट–८ बस्दै आएका ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मीना खड्का, तनहुँको रिसिङ घर भई गैँडाकोट–१५ बस्दै आएका ४५ वर्षीय वसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । उनीहरुले मङ्गलबार राति खत्रीको हत्या गरेका थिए ।

उनी घरमा एक्लै बस्दै आएकी थिइन् । गरगहना चोरी गर्ने क्रममा वृद्धाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको रानाभाटले बताउनुभयो । –रासस