बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

सशस्त्रद्वारा विभिन्न स्थानमा २२ लाख बढीको चोरीपैठारीको सामान बरामद

दैनिक नेपाल २०७६ भदौ २६ गते २०:३६


काठमाडौँ, २६ भदौ । सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ तिनकुनेबाट वुधबार एपीएफ टोलीले करीब चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बिराटनगरबाट जनकपुरतर्फ जाँँदै गरेको ना. ४ ख ६८४६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामान फेला परेपछि बरामद गरिएको हो ।

बरामद मोटर पाटर््स आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले वुधबार नै करीब दुई लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा बारा जिल्लाको महागढिमाई नगरपालिका ६ धर्मचोकबाट उक्त लत्ताकपडा बरामद गरिएको हो ।

यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट भदाै २५ मै एपीएफ टोलीले प्रज्ञापन पत्र नभएको लत्ताकपडा तथा कस्मेटिक सामानसहित उक्त सामान ल्याउन प्रयोग भएको गाडी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतीय नम्बर यूपी ४० एक्स ३१३१ नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित सामान फेला परेपछि गाडी सहितै सामान बरामद गरिएको हो ।

बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको छ । उक्त सामान र गाडीको भन्सार दाखिला मूल्य ३ लाख २७ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट वुधबार एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा गाडीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका १३ बस्ने ३० वर्षीय सुरेश थापा छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

सुनौलीबाट बुटवलतर्फ आउँदै गरेको बा. ७ च ५९५४ नम्बरको कारको सिट मुनी र डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित लत्ताकपडा भेटिएपछि उक्त लत्ताकपडा तथा गाडीसहित उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका थापालाई बरामद लत्ताकपडा तथा गाडीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त लत्ताकपडा र गाडीको भन्सार दाखिला मूल्य करीब १३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित