१५ कार्तिक २०८३, आइतबार

फरार अभियुक्त २१ वर्षपछि पक्राउ

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गाईघाट, २६ भदौ । महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट चार वर्ष कैद सजाय पाएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४३ वर्षीय हरिनारायण सदालाई २१ वर्षपछि पक्राउ गरिएको छ ।

सिरहाको लहानमा लुकीछिपी बस्दै आएका सदालाई यपुरबाट गएका सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक मदनकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

सदालाई जिल्ला कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो । सदा विसं २०५२ मा एक महिलालाई त्रियुगा नदीको पुलमा जबरजस्तीकरणी गरी फरार रहँदै आएका थिए । –रासस